Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पाइलटसहित ५ जनाको मृत्यु


भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पाइलटसहित ५ जनाको मृत्यु भएको छ । बिहान असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

एकजना सह–पाइलट घाइते भएका छन्। भारतीय वायुसेनाले एक्समा लेख्दै एन–३२ विमान दुर्घटनामा भएको पाँच जना कर्मचारीको मृत्युमा समवेदना व्यक्त गरेको छ ।

विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा खसेपछि दुईटुक्रा भएर आगलागी पनि भएको थियो । भारतीय वायुसेनाका सेना र सामान ढुवानीमा प्रयोग गरिँदै आएको विमान नियमित उडानका क्रममा दुर्घटनामा परेको हो ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट