Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

क्यालिफोर्नियामा अमेरिकी वायु सेनाको विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु


काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरेलगत्तै विमान दुर्घटनामा परेको हो । ‘रूटिन टेस्ट मिशन’ रहेको बेला विमान दुर्घटनामा परेको हो ।

वायु सेनाका कर्णेल जेम्स हेजले विमान दुर्घटनामा सैनिक, सरकारी कर्मचारी र सरकारी ठेकेदार गरी आठ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

यसअघि एयर बेसले दुर्घटनामा परेको कोही पनि बच्ने सम्भावना नरहेको सुरुवाती संकेत मिलेको जनाएको थियो ।

कर्णेल हेजले मृतकका परिवारलाई सूचना दिइएको र २४ घण्टा पछि मृतकको पहिचान सार्वजनिक गरिने बताएका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट