Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

हर्कराज राईद्वारा मन्त्री महावीर पुनसँग १० करोड रुपैयाँ बजेट माग


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राईले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनसँग धरानका विभिन्न विकास तथा प्रविधि सम्बन्धी योजनाका लागि बजेट माग गरेका छन् ।

सांसद राईले शुक्रबार मन्त्रालयलाई पत्र लेख्दै धरान उपमहानगरपालिका वडा नं. १७ फोकल्याण्डमा निर्माणाधीन प्रदेश स्तरीय नास्ट (National Academy of Science and Technology) भवन सम्पन्न गर्न कम्तीमा १० करोड रुपैयाँ वा आवश्यक सम्पूर्ण रकम अबण्डा बजेटबाट उपलब्ध गराउन आग्रह गरेका हुन् ।

त्यस्तै उनले चालु आर्थिक वर्षमै कार्यान्वयन हुने गरी धरान आविष्कार/प्रवर्तन केन्द्र (पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस परिसरभित्र रहेको) का लागि आवश्यक उपकरण खरिद गर्न बजेट विनियोजन गर्न पनि माग गरेका छन् ।

यसैगरी धरान–२० वडा कार्यालय नजिक नमुना विन्ड टर्बाइन स्थापना गरी विद्युत उत्पादन गर्ने योजनाका लागि समेत आवश्यक बजेट व्यवस्था गर्न उनले अनुरोध गरेका छन् ।

724424523_1054277120262626_945506934236154960_n


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट