Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

कर हेरफेर र सूचना चुहावटबारे प्रश्न उठाएका हौँ, प्रमाण खोज्न संसदीय समिति चाहिन्छ : ज्ञानबहादुर शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही ले अर्थमन्त्री स्वर्णिम वाग्ले को शैक्षिक प्रमाणपत्रमाथि नभई बजेटअघि करका दर हेरफेर र सूचना चुहावट भएको विषयमा प्रश्न उठाइएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले आफूहरूले अर्थमन्त्रीको व्यक्तिगत योग्यतामाथि प्रश्न नगरेको स्पष्ट पार्दै भन्सार दर परिवर्तन, बजेटसम्बन्धी सूचना चुहावट तथा राज्यलाई राजस्व नोक्सानी पुगेको वा नपुगेको विषयमा छानबिन हुनुपर्ने बताए।

उनले विद्युतीय सवारीसाधनमा कुनै अनियमितता नभएको भए प्रधानमन्त्री कार्यालयले भन्सारबाट आएका गाडी नियन्त्रणमा राख्नुको कारणबारे पनि प्रश्न उठाए।

शाहीले करका दर हेरफेरसम्बन्धी विवादमा प्रतिपक्षी दलहरूले संसदीय समिति गठनको माग गरिरहेको उल्लेख गर्दै आवश्यक प्रमाण संकलन र सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति नै उपयुक्त माध्यम हुने बताए।

करका दर हेरफेरको सूचना चुहाएर बजेट पारित हुनुअघि विद्युतीय सवारी आयात गरिएको आरोप लगाउँदै प्रतिपक्षी दलहरूले अर्थमन्त्रीमाथि छानबिनको माग गर्दै आएका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट