कांग्रेस संसदीय दलको बैठक आज, सरकारका कामकारबाहीबारे मन्त्रालयगत समीक्षा हुने
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको हो।
संसदीय दलका प्रमुख सचेतक भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका कामकारबाहीमाथिको निगरानीलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिनेछ। यसका लागि विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका विभागीय संयोजकहरूसँग मन्त्रालयगत समीक्षा हुने कार्यक्रम रहेको छ।
संयोजकहरूले मन्त्रिपरिषद्का निर्णय, मन्त्रालयका गतिविधि तथा सरकारका कामकारबाहीको नियमित अनुगमन, अध्ययन र विश्लेषण गर्दै आएको बताइएको छ। बैठकमा उनीहरूले आ–आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गर्नेछन्।
यस्तै, संसदीय समितिहरूका गतिविधि, संसदमा नेपाली कांग्रेसको भूमिका, आगामी रणनीति तथा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया