Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपाको महाधिवेशनमा सुरक्षा कडाइ : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बन्द सत्रको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ।

महाधिवेशन स्थलमा कुनै पनि अनावश्यक गतिविधि हुन नदिन र प्रक्रियालाई व्यवस्थित बनाउन पार्टीले सुरक्षामा विशेष चनाखो अपनाएको हो।

बन्द सत्र हलभित्र गैरअधिकारिक र अपरिचित व्यक्तिहरूको प्रवेशलाई पूर्ण रूपमा निषेध गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वारमै ठुलो सङ्ख्यामा प्रहरी र निजी सुरक्षा गार्ड (बाउन्सर) हरू परिचालन गरेर कडा जाँचबुझ गरिएको छ। परिचयपत्र विना कसैलाई पनि भित्र जान दिइएको छैन।

यसका साथै, सुरक्षालाई थप चुस्त बनाउन मुख्य गेट र हलको प्रवेशद्वारमा मेटल डिटेक्टरको समेत प्रयोग गरिएको छ। महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि र प्रतिनिधिमूलक व्यक्तित्वहरूलाई समेत पूर्ण जाँच गरेपछि मात्र भित्र प्रवेश गराइएको छ।

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट