रास्वपा महाधिवेशनमा पूर्वप्रहरी अधिकृतहरूको बलियो उपस्थिति
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेपाल प्रहरीका ९ जना पूर्वअधिकृतहरू केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन्।
उम्मेदवारहरूमा पूर्व एआईजी विश्वराज पोखरेल, पूर्व डीआईजी विदुर खड्का र दुर्गाप्रसाद भट्टराई, पूर्व एसएसपी विश्वेश्वर थापा, विक्रमसिंह थापा र जीवनकुमार श्रेष्ठ, पूर्व डीएसपी गोविन्द पन्थी, पूर्व वरिष्ठ सई शम्भुप्रसाद ढकाल तथा पूर्व असई टेकबहादुर शाक्य रहेका छन्।
प्रहरी सेवामा लामो अनुभव हासिल गरेका यी उम्मेदवारहरू चितवनस्थित महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत मागिरहेका छन्। एउटै पदमा ९ जना पूर्वप्रहरी अधिकृतको प्रतिस्पर्धाले रास्वपाको नेतृत्व चयनलाई थप रोचक बनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया