Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

२५ वर्षपछि पुनः सञ्चालनको तयारीमा हेटौंडा कपडा उद्योग


वि.सं. २०५७ सालदेखि बन्द रहेको ऐतिहासिक हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी सरकारले तीव्र बनाएको छ। हालै गरिएको स्थलगत निरीक्षण र प्राविधिक मूल्याङ्कनबाट उद्योगमा रहेका अधिकांश मेसिनहरू सामान्य मर्मत तथा आवश्यक मर्मतसम्भारपछि पुनः सञ्चालन गर्न सकिने निष्कर्ष निकालिएको छ।

उद्योग पुनर्जीवित भएमा स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। सरकारले उद्योगको पूर्वाधार, मेसिनरी तथा सञ्चालन मोडालिटीबारे थप अध्ययन गर्दै पुनः सञ्चालनको प्रक्रिया अघि बढाएको जनाएको छ।

हेटौंडा कपडा उद्योगलाई पुनर्जीवित गर्ने प्रयासलाई नेपालमा औद्योगिक विकास र ‘मेड इन नेपाल’ अभियानलाई सशक्त बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट