कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने भएको छ । भोलि बिहान ११ बजे बस्ने बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल गर्ने जनाइएको छ । सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ अनुसार संसदीय दलको नेता चयन औपचारिक रूपमा अगाडि बढ्ने जनाइएको छ ।
सहमतिमै दलको नेता चयन गर्ने भन्दै शुक्रबार निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो ।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया