Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज


काठमाडौं । तत्कालीन नेकपा (एमाले)का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। दिउँसो १:३० बजे सुरु हुने उक्त कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष राजनीतिक नेताहरूले सम्बोधन गर्ने जनाइएको छ।

भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ नेपाली वाम राजनीतिमा महत्वपूर्ण वैचारिक दस्तावेजका रूपमा स्थापित छ। उनको जन्मजयन्तीका अवसरमा देशका विभिन्न स्थानमा विचार गोष्ठी, स्मृति सभा तथा सामाजिक कार्यक्रमहरू पनि आयोजना गरिएका छन्।

वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा भण्डारीको निधन भएको थियो। उनको राजनीतिक योगदान र वैचारिक विरासतलाई स्मरण गर्दै प्रत्येक वर्ष जन्मजयन्ती तथा स्मृति दिवस मनाउने गरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट