Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

कांग्रेस प्रमुख सचेतक वासना र सचेतक निस्कललाई बनाउने तयारी


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रमुख सचेतकमा वासना थापालाई बनाउने प्रस्ताव गरेको छ ।

आज बसेको कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले प्रमुख सचेतकमा थापालाई र सचेतकमा निस्कल राईलाई बनाउने प्रस्ताव गरेका हुन् । उनको प्रस्ताव कार्यसम्पादनले सर्वसम्मत निर्णय गरेको छ । अब यस निर्णयलाई संसदीय दलको बैठकले अनुमोदन गर्नुपर्छ ।

यही बैठकले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई बनाउने प्रस्ताव गरेको छ । प्रमुख सचेतक बन्न लागेकी थापा र सचेतक बन्न लागेका राई प्रत्यक्ष निर्वाचित सांसद हुन् भने दलको नेता बन्न लागेका आङ्देम्बे समानुपातिक सांसद हुन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट