Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठ नियुक्त


काठमाडौं । विशिष्ट संस्कृतिकर्मी तथा कवि तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको मन्त्रीस्तरीय निर्णयबाट पोखरा निवासी श्रेष्ठलाई बुधबार उक्त जिम्मेवारी दिइएको हो। विद्यमान व्यवस्थाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नै कोषको पदेन अध्यक्ष रहने प्रावधान छ।नवनियुक्त सदस्य सचिव श्रेष्ठ लामो समयदेखि पोखरास्थित विन्ध्यवासिनी मन्दिरको संरक्षण, संवर्द्धन र विकासमा सक्रिय रहँदै आएका छन्। उनी विगत २५ वर्षदेखि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा आबद्ध छन् भने हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।

श्रेष्ठ यसअघि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सदस्य सचिवका रूपमा कार्य गरिसकेका छन्। साथै, उनी पोखराको पूर्वप्रधानपञ्चसमेत रहिसकेका छन्।सांस्कृतिक, सामाजिक तथा प्रशासनिक क्षेत्रमा उनको लामो अनुभवले पशुपति क्षेत्रको संरक्षण, विकास र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट