इरानले भन्यो – खामेनी हत्याको बदला अवस्य लिनेछौं
काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ । सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रद्वारा जारी सन्देशमा खामेनीको हत्याको बदला लिने घोषणा गरिएको हो ।
सन्देशमा अली खामेनीको ‘रगतको बदला’ उनका हत्यारासँग अवश्य लिइने उल्लेख गरिएको छ। मोहम्मदको यो सन्देश सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको हो ।
इरानका सर्वोच्च नेता अली खामेनीको हत्या फेब्रुअरी २८ मा भएको थियो । सोही दिन संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि पहिलो आक्रमण गरेका थिए ।
आक्रमणमा अन्य धेरै उच्च इरानी अधिकारीहरूसँगै खामेनीका परिवारका केही सदस्य पनि मारिएका थिए । बीबीसीका अनुसार खामेनीको अन्त्येष्टि समारोह जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मशहदमा आयोजना गरिनेछ ।
यस्तै, शोकसभा इराकका बगदाद, काजिमैन, करबला र नजफमा पनि आयोजना गरिने जनाइएको छ ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया