Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

ह्वाट्सएपको ‘युजरनेम’ फिचर तत्काल लागू नगर्न मेटालाई भारतको निर्देशन


काठमाडौं । भारत सरकारले साइबर ठगीको जोखिम बढ्न सक्ने भन्दै ह्वाट्सएपको प्रस्तावित ‘युजरनेम’ सुविधा तत्काल लागू नगर्न मेटालाई निर्देशन दिएको छ। साथै, भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले उक्त सुविधासम्बन्धी विस्तृत स्पष्टीकरण र आवश्यक कागजात तीन दिनभित्र पेश गर्न कम्पनीलाई आग्रह गरेको छ।

मन्त्रालयका अनुसार फोन नम्बर सार्वजनिक नगरी युजरनेममार्फत प्रयोगकर्ताबीच सम्पर्क गर्न सकिने व्यवस्थाले साइबर अपराध बढ्ने जोखिम निम्त्याउन सक्छ। यसबाट फिसिङ, डिजिटल पक्राउजस्ता ठगीका घटना बढ्नुका साथै सरकारी अधिकारी वा अन्य व्यक्तिको नाम दुरुपयोग गरेर सर्वसाधारणलाई ठग्ने सम्भावना रहने मन्त्रालयको भनाइ छ।

यता, मेटाले भने ‘युजरनेम’ सुविधा प्रयोगकर्ताको गोपनीयता थप सुरक्षित गर्ने उद्देश्यले विकास गरिएको जनाएको छ। कम्पनीका अनुसार यो सुविधा पूर्ण रूपमा ऐच्छिक हुनेछ र प्रयोगकर्ताले चाहेको अवस्थामा मात्र यसको प्रयोग गर्न सक्नेछन्।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट