Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

सर्वोच्चको आदेशपछि नेपाल वायुसेवा निगमको सञ्चालक नियुक्ति फेरि परिवर्तन


काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य नियुक्ति प्रक्रिया फेरि परिवर्तन गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त पाँचै जनाको नियुक्ति रद्द गर्दै योग्यताक्रमका आधारमा उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला र महेश्वरभक्त श्रेष्ठलाई नयाँ सञ्चालक सदस्य नियुक्त गरेको हो।

बाँकी दुई पदका लागि लिलाराज ढकाल र डा. भीम चन्द प्रतीक्षासूचीमा रहेका छन्। मन्त्रालयका अनुसार नियुक्तिपत्र ग्रहण प्रक्रिया पूरा नभएकाले ती पदको औपचारिक नियुक्ति हुन बाँकी छ।

उता, मन्त्रालयको औपचारिक निर्णयअघि नै निगमले पुराना सदस्यको नाम हटाएको विषयलाई लिएर पनि प्रश्न उठेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट