प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिनिधि सभामा हंगामा, बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको आजको बैठक तनावपूर्ण बनेको छ। प्रधानमन्त्रीको राजीनामा माग गर्दै केही सांसदहरूले नाराबाजी र विरोध जनाएपछि बैठकमा अवरोध सिर्जना भएको हो।
विरोधका क्रममा सांसदहरूबीच चर्काचर्की र झडपजस्तो अवस्था उत्पन्न भएपछि सभामुखले हस्तक्षेप गर्नुभएको थियो। स्थिति सामान्य बनाउन प्रयास गरिए पनि अवरोध जारी रहेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी दिइएको छ।
तर प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि संसद बैठकमा असहज स्थिति सिर्जना भएको छ । सत्तापक्षका सांसदहरुले प्रतिनिधि सभा नियमावलीको दफा ३८ मा प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने स्पष्ट व्यवस्था रहेको बताउँदै बैठक सञ्चालन हुनुपर्ने तर्क गरेका थिए ।
तर विपक्षी सांसदहरुले दफा ३८ लाई देखाएर पाँच वर्षसम्म प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो ? भन्दै प्रश्न गर्दै उपस्थित गराउन सभामुख समक्ष माग गरेका थिए ।
यही विवादका बीच सभामुख अर्यालले बैठक स्थगित भएको घोषणा गरे ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया