Techie IT
KTM Post
बिहीबार, ३१ वैशाख, २०८३

रास्वपा शून्य राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित, प्रतिनिधिसभामा अवरोध जारी


काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाबाट सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा शून्य रहेकाे राष्ट्रियसभामा सरकारकाे नीति तथा कार्यक्रम पारित भएको हो ।

राष्ट्रपति रामचन्द्र पाैडेलले संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि केही दिनदेखि छलफल चलिरहेको थियो । छलफलपछि बिहीबार राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो । यद्यपि, नेकपा एमालेले भने मतदान प्रक्रियामा मत दिएको थिएन ।

यसबीच प्रतिनिधिसभामा भने संसद् अवरोध र बैठक स्थगित हुने क्रम जारी रहेको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन साहले जवाफ दिनुपर्ने माग राख्दै संसद् अवरोध गरिरहेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट