Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

दुई संसदीय समितिको बैठक बस्दै


काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।आज सार्वजनिक लेखा समिति र शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।बिहान ८ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा र समितिको आन्तरिक कार्यविधि सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहान ११ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट