Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल जानेछन् भारत


काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्।

रास्वपा सचिवालय सदस्य दीपक बोहराका अनुसार भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धसँग जोडिएका द्विपक्षीय हितका विषयमा ‘चेकलिस्ट’ बनाएर छलफल गरिनेछ।

यसअघि परराष्ट्रमन्त्री खनालले मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भारतीय विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता गरेका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट