Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनीतिक दल गठन गर्ने घोषणा पनि गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नुपरेको बताएका हुन् ।

नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै नेता राणाले आफूले स्थापना गर्न लागेको दलको मुख्य आधार ‘राजासहितको प्रजातन्त्र’ हुने स्पष्ट पारे ।

पछिल्ला निर्वाचनहरूमा पार्टीको खस्कँदो अवस्था र आगामी स्थानीय तह निर्वाचनसम्म उम्मेदवारसमेत नपाउने स्थिति आउन लागेकोले आफूले विद्रोह गर्नुपरेको उनको तर्क छ ।

नयाँ पार्टीका मुख्य विशेषता र एजेन्डाहरू:

  • राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र
  • युवा र महिलाको नेतृत्व
  • सुशासन र रोजगारी
  •  दुर्गा प्रसाईंको अभियान लगायत अन्य राजावादी, राष्ट्रवादी र हिन्दूवादी संघ-संस्था तथा व्यक्तिहरूलाई समेटेर एउटा वृहत् ‘बलियो राष्ट्रवादी शक्ति’ निर्माण गर्ने ।

क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट