Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

गृहमन्त्री सुधन गुरुङद्वारा कालभैरवको दर्शन र पूजाअर्चना


काठमाडौं। दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङले काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्र पुगेर कालभैरवको दर्शन गरेका छन्।

बुधबार साँझ त्यहाँ पुगेका गृहमन्त्री गुरुङले कालभैरवको विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका हुन्।

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएपछि उनले केही समयअघि गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। राजनीतिक समीकरण र आन्तरिक छलफलपछि उनलाई मङ्गलबार पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिँदै गृहमन्त्रीमा नियुक्त गरिएको थियो।

दोस्रो कार्यकालको कार्यभार सम्हालेलत्तै उनले धार्मिक एवं सांस्कृतिक महत्वको क्षेत्रमा पुगेर दर्शन गरेका हुन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट