Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

विश्वकपमा मेरो ‘फेभरेट’ देशले खेलेको छैन: प्रधानमन्त्री शाह


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबललाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्। शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विश्वकपमा आफ्नो ‘फेभरेट’ टोली नरहेको बताएका हुन्।

विश्वकपको चर्चा चलिरहँदा आफूलाई धेरै शुभेच्छुक तथा साथीभाइले फेभरेट टोलीका बारेमा प्रश्न सोधेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन्।

फेसबुकमा छोटो स्टाटस लेख्दै उनले लेखेका छन्, ‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा? मेरो फेभरेट देशले खेलेकै छैन।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट