Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

रास्वपा सुदूरपश्चिम सभापतिमा मतदान, अन्य पदाधिकारी सर्वसम्मत


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी सर्वसम्मत चयन भएका छन् । प्रदेश अधिवेशनअन्तर्गत सभापतिको निर्वाचन सम्पन्न भएपछि अन्य पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका हुन् ।

सभापति पदका लागि भएको मतदानमा इन्जिनियर प्रकाश विष्ट ३ सय ५८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि प्रदेश सभापतिको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

सभापतिको निर्वाचन परिणाम सार्वजनिक भएसँगै अन्य पदाधिकारीहरू सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिमा भोजराज जोशी, महामन्त्रीमा सन्तोश जोशी, सहमहामन्त्रीमा जसु भट्ट र पारस बाहुन चयन भएका छन् । यस्तै, प्रवक्ताको जिम्मेवारी तेज ठकुल्लाले पाएका छन् भने कोषाध्यक्षमा गणेश बोहरा सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूले संगठनलाई थप सुदृढ बनाउँदै पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई प्रदेशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट