Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

झापाका चिया उद्योग पनि आजदेखि बन्द


काठमाडौं । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन् । १ असारदेखि इलामका ५६ उद्योग बन्द भएकोमा आजदेखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पनि पूर्णरूपमा बन्द भएका हुन् ।

चियाको पकेट क्षेत्र मानिने इलाम र झापामा उत्पादित चिया गोदाममै थन्किएपछि र सरकारले कूटनीतिक पहलमा बेवास्ता गरेपछि बाध्य भएर आजैदेखि उद्योग बन्द गर्नुपरेको जनाइएको छ । भारतले गरेको अवरोध खुलाउन बारम्बार सरकारी निकायमा धाउँदा पनि कुनै सुनुवाइ नभएपछि व्यवसायीहरू यो कदम चाल्न बाध्य भएका जनाइएको छ ।

नेपालमा उत्पादित सीटीसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रहेको छ। त्यसमध्ये करिब पाँच अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको छ ।

व्यवसायीहरूको तथ्यांक अनुसार कुल उत्पादनमध्ये ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारतमा मात्रै निर्यात हुँदै आएको छ ।

यसरी चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजीरोटी गम्भीर संकटमा परेको छ । त्यस्तै, वार्षिक एक अर्ब राजस्व बुझाउँदै आएको छ।

 

 

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट