महिला समितिले बालसुधार गृह र वृद्धाश्रमको अनुगमन गर्दै
काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिले बालगृह, हिंसा प्रभावित महिलाका लागि सञ्चालित सेवा केन्द्र र वृद्धाश्रमको स्थलगत अनुगमन गर्ने भएको छ ।
समितिको आजको बैठकले ती संस्थाको स्थलगत अनुगमनपछि आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन तयार गरिने सभापति आकृति अवस्थीले बताए।
समिति सचिव इन्द्रविलास पौडेलले असार १० गते देखि १४ गतेसम्म तीन वटा टोली बनाएर देशका विभिन्न भागमा सञ्चालित बालसुधार गृह र हिंसा प्रभावित महिलाका लागि स्थापना गरिएका सेवा केन्द्र अनुगमन गरिने जानकारी दिए।
समितिले बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रहेका बालसुधार गृहसहित ती संस्थाको अनुगमन गर्न लागेको हो ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया