Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन


काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणवापतको ६७ करोड १९ लाख ६४ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ  ।
महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष ९सहुुलियत० नियमावली, २०७७ को नियम १६ मा कर्जा लागानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबीच ऋण सम्झौताको शर्त अनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो ।
्कोष र ऋणीबीच पाँचवर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप दुई प्रतिशत ब्याज लाग्ने व्यवस्था छ । कोषको २०८२ असार मसान्तसम्म २ अर्ब ३३ करोड ९४ लाख ५६ हजार रुपैयाँ कर्जाको साँवा बक्यौता देखिएको छ ।
तीमध्ये कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थाबाट ५७ करोड ९७ लाख १८ हजार रुपैयाँ साँवा तथा ब्याज ८ करोड ४६ लाख ९८ हजार रुपैयाँ र हर्जाना २३ लाख ८२ हजार रुपैयाँ कर्जा असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट