Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

बाढीले ताप्लेजुङ र पाँचथरका तीनवटा जलविद्युत् आयोजनामा क्षति


काठमाडौं । गएरातीको वर्षाका कारण आएको बाढीले पाँचथर–ताप्लेजुङ सीमास्थित इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रको पर्खालमा क्षति पुगेको छ ।

याङवरक–२ मेवाखोलामा रहेको मेवाखोला जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको छ भने अरुण काबेली जलविद्युत् आयोजनामा समेत बाढीले असर पुर्‍याएको बताइएको छ ।

यसैबीच, याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ ।

बाढीपहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना तथा मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट