Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

३ महिनामा ७६ प्रतिशत विकास बजेट खर्च गर्नुपर्ने दबाबमा सरकार


काठमाडौं । नेपाल सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरेको विकास बजेटको २४.१५ प्रतिशत मात्र खर्च गर्न सक्षम भएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार वैशाख महिनाको ३ गतेसम्म आइपुग्दा सरकाले ७५.८५ प्रतिशत विकास बजेट खर्च गर्न बाँकी रहेको देखिएको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये, हालसम्म ९७ अर्ब ७९ करोड २७ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

अब बाँकीको ३ महिनाभन्दा कम समयमा सरकारले ३ खर्ब १० अर्ब ९ करोड ५३ लाख रुपैयाँ अर्थात् ७५.८५ प्रतिशत बजेट खर्च गर्नुपर्ने कार्यालयको तथ्यांकले देखाएको छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट