सफ्ट ड्रिंक्सदेखि अल्कोहल ड्रिंक्समा कति बढ्यो मूल्य ?
काठमाडौं । सरकारले सफ्ट ड्रिंक्सदेखि मदिरासम्मको मूल्य वृद्धि गरेको छ । अर्कोतर्फ ह्वीस्की, रम, जिन, भोड्काको भने अन्तः शुल्क बृद्धि भएको छैन ।
सरकारले अल्कोहल रहित बियरमा प्रति लिटर ४५ रुपैयाँ अन्तः शुल्क वृद्धि गरेको छ । यसअनुसार प्रति लिटर ४५ रुपैयाँ रहेको अल्कोहल बियरमा अब प्रति लिटर ९० रुपैयाँ कायम भएको छ ।
यस्तै ५२ रुपैयाँ प्रति लिटर कायम रहेको इनर्जी ड्रिक्सको अन्तः शुल्क बृद्धि भएर अब १२० रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति लिटर २५ रुपैयाँ रहेको हल्का पेय पदार्थको अन्तः शुल्क अब ६० पुर्याइएको छ । प्रति लिटर २५ रुपैयाँ रहेको बास्नायुक्त दूधको पेय पदार्थको अन्तः शुल्क बृद्धि गरी ६० रुपैयाँ पुर्याइएको छ ।
यस्तै ५ प्रतिशत र त्योभन्दा बढी अल्कोहल भएको माल्टबाट बनाइएको बियरमा रहेको प्रतिलिटर २४० लाई बृद्धि गरी २५५ रुपैयाँ पुर्याइएको छ ।
अंगुरको वाइन र अल्कोहल हालेर सुरक्षित गरिएको (फोर्टिफाइड) वाइनतर्फ १२ र १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा कायम रहेको अन्तःशुल्क प्रतिलिटर ४६० लाई बृद्धि गरी ४९० र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा कायम रहेको ५३५ लाई बृद्धि गरी ५७० अन्तः शुल्क बृद्धि गरिएको छ ।
यस्तै अन्य वाइनतर्फ अल्कोहल हालेर खरिमीकरण हुन नदिइएको वा रोकिएको अंगुरको काँचो रस भएको २ लिटर वा कम जाने भाँडोमा रहेको (१२ प्रतिशत वा १२ देखि १७ प्रतिशतसम्म) को हकमा कायम रहेको अन्तः शुल्क ४६० रुपैयाँबाट बृद्धि गरी ४९० रुपैयाँ पुर्याइएको छ ।
१७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा लाग्दै आएको अन्तः शुल्क ५३५ लाई बृद्धि गरी ५७० रुपैयाँ बृद्धि गरिएको छ ।
अंगुरको काँचो रस(ग्रेप मस्ट) तर्फ १२ प्रतिशत र १२ प्रतिशतदेखि १७ प्रतिशतसम्ममा लाग्दै आएको ४६० लाई बृद्धि गरी ४९० रुपैयाँ पुरयाइएको छ । १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा कायम रहेको ५३५ लाई बृद्धि गरी ५७० रुपैयाँ पुर्याइएको छ ।
यस्तै अन्य वाइनतर्फ अल्कोहल हालेर खमिरीकरण हुन नदिइएको वा रोकिको अंगुरको काँचो रस (२ लिटर वा कम जाने भाँडोमा रहेको) तर्फ १२ प्रतिशत र १२ देखि १७ प्रतिशत अल्कोहल भएको वाइनमा कायम रहेको प्रति लिटर ४६० लाई बृद्धि गरी ४९० र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा कायम रहेको ५३५ रुपैयाँलाई बृद्धि गरी ५७० रुपैयाँ कायम गरिएको छ ।
दुई लिटरभन्दा बढी तर १० लिटर ननाघ्ने भाँडोमा रहेको वाइनतर्फ १२ प्रतिशत र १२ देखि १७ प्रतिशतसम्म अल्कोहलको हकमा कायम रहेको ४६० लाई वृद्धि गरी ४९० र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको हकमा कायम रहेको ५३५ रुपैयाँलाई बृद्धि गरी ५७० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी १२ प्रतिशत र १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको हकमा ४६० बाट ४९० र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको हकमा कायम रहेको ५३५ रुपैयाँलाई बृद्धि गरी ५७० रुपैयाँ वृद्धि गरिएको छ ।
छ्याङ (कन्ट्री बियर) मा प्रति लिटर ४८ रुपैयाँलाई वृद्धि गरी ५० रुपैयाँ, सेम्पेन, सेरी, मिड, पेरी, साइडरतर्फ प्रति लिटर ५१६ लाई वृद्धि गरी ४९० र साकेको प्रति लिटर ५१६ लाई वृद्धि गरी ५४० रुपैयाँ बृद्धि गरिएको छ ।
१७ प्रतिशतभन्दा बढी अल्कोहल भएको जडिबुटी मिश्रित मदिरा, कक्टेल(अल्कोहोलिक र अल्कोहोलिक, ननअल्कोहोलिक मिश्रण) तथा अन्य फर्मेन्टेड मदिरातर्फ प्रति लिटर ५१६ लाई बृद्धि गरी ५७० रुपैयाँ बृद्धि भएको छ ।
अन्य मदिराको कच्चा पदार्थको रुपमा प्रयोग हुने मादक द्रवहरु (स्पिरिटसमेत) तर्फ ४० युपी शक्तिको(३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको) तर्फ कायम रहेको प्रति लिटर ६५० र प्रति एलपी लिटर १०८३ लाई बृद्धि गरी ६९० र ११५० बनाइएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया