अमेरिकाबाट नेपाल फर्किएका श्यामहरिको जहाजभित्रै मृत्यु
काठमाडौं । अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषले विमानमै ज्यान गुमाएका छन् । आइतबार ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा गोरखा घर भएका श्याम मरहठ्ठाको मृत्यु भएको हो ।
अचेत भएर उनको मृत्यु भएको बताइएको छ । विमानमा मृत्यु भएका श्यामहरिको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाइएको छ ।
टर्किस एयरको उडा नम्बर–७२६ नम्बरको विमानमा मरहठ्ठा परिवारसँगै फर्केका थिए । उनी गोरखा बारपाक सुलिकोट गाउँपालिका–२ का स्थानीय हुन् ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया