Techie IT
KTM Post
सोमबार, १ असार, २०८३

कोशी प्रदेशसभामा पहिलोपटक सांकेतिक भाषासहित बजेट प्रस्तुति


विराटनगर, असार १ — कोशी प्रदेशसभाको इतिहासमा पहिलोपटक सांकेतिक भाषाको प्रयोग गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरिएको छ।

सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट वक्तव्य प्रस्तुत गर्ने क्रममा सांकेतिक भाषाका दोभाषेमार्फत श्रवण अशक्त समुदायलाई समेत बजेटको जानकारी उपलब्ध गराइएको थियो।

प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्काले प्रदेशसभाको कार्यवाहीमा सांकेतिक भाषा समावेश गरिएको यो पहिलो अवसर भएको जानकारी दिए। उनका अनुसार यस कदमले समावेशी लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउँदै सूचना तथा सार्वजनिक सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

प्रदेशसभामा पहिलोपटक गरिएको यस अभ्यासलाई समावेशी शासन र पहुँचयुक्त सञ्चारको उदाहरणका रूपमा हेरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट