Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

फिफा विश्वकप : चेक गणतन्त्रलाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा प्रवेश


काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा जित निकाल्दै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३-० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

जितका लागि मेक्सिकोका मातेओ चाभेजले खेलको ५५औं मिनेटमा गोल गरे । ६१औं मिनेटमा जुलियन किन्योनेसले गोल गरे । निर्धारित समय सकिनै लाग्दा इन्जुरी समयमा अल्भारो फिडाल्गोले गोल गर्दै मेक्सिकोको जित सुनिश्चित गरे ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट