Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चार वटा अध्यादेश स्वीकृत


काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकबाट चार वटा अध्यादेश स्वीकृत भएको छ ।

सरकारले सङ्घीय संसद्को चालू अधिवेशन सुरू हुनु अगाडि आठ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश अधिवेशन शुरू भएकै दिन गएको वैशाख २८ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा पेश भएका थिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण ९तेस्रो संशोधन०, सहकारी ९पहिलो संशोधन० र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।

राष्ट्रियसभामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थिति छैन । तर राष्ट्रियसभाले पनि सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गरिदिएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट