Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपा महाधिवेशनमा एमालेबाट प्रदीप ज्ञवाली सहभागी हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले)को तर्फबाट नेता प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्।

चितवनमा आइतबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहका लागि रास्वपाले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरेको थियो। तर ओली महाधिवेशनमा सहभागी नहुने एमाले स्रोतले जनाएको छ।

एमालेका पदाधिकारी तहका नेताहरू पनि महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने निश्चित भएको छ। पार्टीको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य प्रदीप ज्ञवाली महाधिवेशनमा उपस्थित हुने कार्यक्रम रहेको बताइएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट