Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

प्रधानमन्त्री शाहबाज शरीफले भने, ‘अन्य देशहरूसँग मिसाइल हुनु र इरानसँग नहुनु सम्भव छैन’


काठमाडौं । इरानी राष्ट्रपति मसूद पेजेश्कियान मंगलबार पाकिस्तान भ्रमणमा पुगेका छन्। भ्रमणका क्रममा उनले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग द्विपक्षीय वार्ता गरेका छन्।

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शरीफले अमेरिका र इरानबीच ब्यालिस्टिक क्षेप्यास्त्रसम्बन्धी कुनै छलफल नभएको र यो विषय वार्ताको एजेन्डामै नरहेको स्पष्ट पारे।उनले दोहोरो मापदण्ड स्वीकार्य नहुने उल्लेख गर्दै भने, “अरू देशसँग क्षेप्यास्त्र रहने तर इरानसँग नहुने अवस्था हुन सक्दैन।”

प्रधानमन्त्री शरीफले दुई देशबीच भएका समझदारीपत्र (एमओयू) मा पनि ब्यालिस्टिक क्षेप्यास्त्रको विषय समावेश नभएको स्पष्ट पार्दै यसबारे कुनै भ्रम नराख्न आग्रह गरे।यसैबीच, इरानी राष्ट्रपति पेजेश्कियानले आफ्नो देशको रक्षा क्षमतामा कुनै सम्झौता नहुने बताएका छन्। उनले भने, “इरानले कुनै पनि परिस्थितिमा आफ्नो रक्षा क्षमताको विषयमा कसैसँग सम्झौता गर्दैन।”

दुवै नेताले क्षेत्रीय सुरक्षा, द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विविध पक्षमा छलफल गरेका थिए।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट