बजारमा पौने ८ खर्ब बढी नगद परिचालन, सरकारी ढुकुटीमा पैसा फालाफाल
काठमाडौं । हाल बजार पौने ८ खर्ब रुपैयाँ बढी नगद परिचालन रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को ११ महिना (साउन–जेठ)सम्मको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार जेठसम्म बजारमा ७ खर्ब ८४ अर्ब ४४ करोड रुपैयाँ नगद परिचालन रहेको छ। अघिल्लो वर्ष २०८१।८२ आर्थिक वर्षको असारमा बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। असारको तुलनामा जेठमा नगद परिचालन ४.५८ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म सरकारी कोषको आकार ४३१.१६ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ७० अर्ब ८३ करोड रुपैयाँ थियो। चालु वर्षको जेठसम्म सरकारी कोषको आकार बढेर ३ खर्ब ७६ अर्ब २६ करोड रुपैयाँको उचाइमा पुगेको छ।
चालु आर्थिक वर्षको जेठसम्म राष्ट्र बैंकको रिजर्भमा १० खर्ब १० अर्ब ६५ करोड रुपैयाँ थियो। गत आर्थिक वर्षको असारसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब ७१ अर्ब २ करोड रुपैयाँ रहेको थियो। रिजर्भको आकार बढेको छ।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया