दोहामा अमेरिका–इरान वार्ताबारे ट्रम्पको दाबी इरानद्वारा अस्वीकार
काठमाडौं । इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा अमेरिका र इरानबीच वार्ता हुने भनेर गरेको दाबीलाई अस्वीकार गरेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि गरेको दाबी खारेज गरेका हुन् ।
इस्माइलले इरान अमेरिकासँग कुनै पनि स्तरमा वार्ता नगर्ने बताएका छन् । अमेरिकी प्रतिनिधिहरूको कतार यात्रासँग इरानी प्रतिनिधि मण्डलको यात्राको कुनै सम्बन्ध नरहेको पनि प्रवक्ता इस्माइलले जिकिर गरेका छन् ।
इरानका उपविदेशमन्त्री र प्राविधिक वार्ता टोलीका प्रमुख काजेम गरिबाबादीले पनि यो साता वार्ताको केही योजना नरहेको बताएका छन् ।
यसअघि ट्रम्पले इरानको अनुरोधमा आज अमेरिका र इरानी प्रतिनिधिहरू बीच दोहामा छलफल हुने दाबी गरेका थिए । व्हाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेविटले छलफलमा ट्रम्पका प्रतिनिधि स्टीभ विटकफ र जेरेड कुशनर सहभागी हुने बताएकी थिइन् ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया