रातो कार्डपछि पनि अमेरिकाको उत्कृष्ट प्रदर्शन, अन्तिम १६ मा स्थान सुरक्षित
काठमाडौं । आयोजक संयुक्त राज्य अमेरिकाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अमेरिकाले निर्धारित समयमै दुई गोल गर्दै नकआउट चरणको यात्रा तय गरेको हो।
खेलको पहिलो हाफको ४४औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा प्राप्त यही अग्रताले घरेलु टोलीलाई थप आत्मविश्वास दिएको थियो।दोस्रो हाफमा भने अमेरिका १० खेलाडीमा सीमित भएपछि खेल थप रोमाञ्चक बनेको थियो। ६४औँ मिनेटमा बालोगुनले रातो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो।
संख्यात्मक रूपमा कमजोर बनेपछि बोस्नियाले खेलमा फर्किने प्रयास गरे पनि अमेरिकी रक्षापंक्ति र गोलरक्षकले उसका आक्रमणलाई सफल हुन दिएनन्।खेलको ८२औँ मिनेटमा मलिक टिलम्यानले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै अमेरिकाको जित सुनिश्चित गरेका थिए।
यस जितसँगै अमेरिका विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। अब उसले क्वाटरफाइनल प्रवेशका लागि बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया