Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

दुई आयोजक विश्वकपबाट बाहिरिए, अमेरिकाको खेल भोलि बिहान


काठमाडौं । फिफा विश्वकप २०२६ का दुई आयोजक राष्ट्र प्रतिस्पर्धाबाट बाहिरिएका छन् । जारी विश्वकपको आयोजना अमेरिका, मेक्सिको र क्यानडाले गरेका छन् । यीमध्ये मेक्सिको र क्यानडा विश्वकपबाट बाहिरिएका हुन् ।

मेक्सिको आज बिहान भएको प्रि– क्वार्टरफाइनल (अन्तिम १६) को खेलमा इङ्ग्ल्यान्डसँग ३–२ गोल अन्तरले पराजित भएर बाहिरिएको छ । भने, क्यानडा आइतबार भएको अन्तिम १६ को खेलमा मोरक्कोसँग ३–० गोलले पराजित भएको थियो ।

अब विश्वकपको दौडमा आयोजकको हैसियतमा अमेरिका बाँकी छ । उसले भोलि बिहान बेल्जियमको सामना गर्नेछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट