सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भन्दै रिट
काठमाडौँ । सरकारले हालै गठन गरेको सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। आयोग खारेज हुनुपर्ने मागसहित अधिवक्ता डा प्रेमराज सिलवालले आज रिट दर्ता गरेका अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।
सार्वजनिक पदका व्यक्तिमाथि छानबिन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य निकाय रहेको जिकिर रिटमा गरिएको छ। रिटमा अन्य निकायको कार्यक्षेत्र जुध्ने भएकाले खारेज गर्न माग गरिएको छ।
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया