Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

विश्वकपको क्वार्टरफाइनल खेल शुक्रबार बिहानबाट, को को भिड्दैछन् ?


काठमाडौं । विश्वकपको क्वार्टरफाइनल खेल भोली बिहानबाट शुरू हुने भएका छन् । बुधवार बिहान सम्पन्न खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड विजयी भएपछि क्वार्टरफाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो।

अर्जेन्टिना र स्विट्जरल्यान्डसंगै फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे , इंग्ल्यान्ड अन्तिम ८ मा पुगेका छन्। बाँकी ४० टोली विश्वकप २०२६ को दौडबाट बाहिरिएका छन्।

क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग र अर्जेन्टिनाले स्विट्जरल्यान्ड सँग खेल्ने छन्।क्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै ६ टोली पुगेका छन् भने दक्षिण अमेरिका र अफ्रिकाबाट १-१ टोलीले स्थान बनाए छन्।

एशियासहित अन्य महादेशबाट जारी विश्वकपको क्वार्टटफाइनमा कुनै टोली पुग्न सकेनन् । जारी विश्वकपको सहआयोजक अमेरिका, मेक्सिको र क्यानडा पनि विश्वकबाट बाहिरिएका छन्।

त्यसैगरी पाँच पटकको विश्व विजेता ब्राजिल, पोर्चुगल, जर्मनी जस्ता देश पनि प्रतियोगिताबाट बाहिरिएका छन्।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट