Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

विश्वकपमा ऐतिहासिक प्रदर्शनपछि इजिप्टका प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्म नवीकरण


काठमाडौं। फिफा विश्वकप २०२६ मा इजिप्टलाई ऐतिहासिक सफलता दिलाएका मुख्य प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्मका लागि नवीकरण गरिएको छ।

इजिप्ट फुटबल संघ (ईएफए) ले बुधबार जारी गरेको विज्ञप्तिअनुसार संघका अध्यक्ष हानी अबो रिदाको प्रस्तावलाई सञ्चालक समितिले अनुमोदन गर्दै मुख्य प्रशिक्षक होसाम हसन तथा टोली निर्देशक इब्राहिम हसनको कार्यकाल थप्ने निर्णय गरेको हो।कप्तान मोहम्मद सलाहको नेतृत्वमा इजिप्टले यस विश्वकपमा पहिलो पटक अन्तिम–१६ (राउन्ड अफ १६) सम्मको यात्रा तय गर्दै नयाँ इतिहास बनाएको थियो। सन् २०१८ पछि विश्वकपमा पुनरागमन गरेको इजिप्टले आफ्नो चौथो विश्वकप सहभागितामै अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको हो।

प्रि–क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाविरुद्ध इजिप्टले २–० को अग्रता बनाउँदै सबैलाई आश्चर्यचकित पारेको थियो। तर अर्जेन्टिनाले १३ मिनेटको अन्तरालमा लगातार तीन गोल गर्दै ३–२ को पुनरागमन जित निकालेर क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो।

५९ वर्षीय होसाम हसन फेब्रुअरी २०२४ मा इजिप्टको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको प्रशिक्षणमा इजिप्टले सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एएफकन) को सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। उनले यस वर्षको फेब्रुअरीदेखि औपचारिक राष्ट्रिय सम्झौताबिनै टोली सम्हाल्दै आएको बताएका थिए।

होसामको नेतृत्वमा इजिप्टले विश्वकप समूह चरणमा न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको थियो। त्यसपछि नकआउट चरणमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्टले पहिलो पटक विश्वकपको नकआउट खेल जित्ने ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। (एएनआई)


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट