सगरमाथा क्षेत्रमा डीजेआई ड्रोनको नयाँ कीर्तिमान
चिनियाँ ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा सञ्चालित १२ दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ ।
यो अभियानका क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाई कायम गर्दै कीर्तिमान कायम गरेको हो । कम्पनीकाअनुसार इभी–५०’ मोडेलको ‘भर्टिकल टेक–अफ एण्ड ल्यान्डिङ’ फिक्स्ड–विङ हाइब्रिड ड्रोनले निश्चित तौल ९पेलोड० सहित ८,८६१ मिटरको उचाईमा पुगेर स्थिरताका साथ उडान भर्न सफल भएको छ ।
सगरमाथाको वायुमण्डलीय अध्ययनका लागि प्रयोग गरिएको यस ड्रोनले उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र न्युन वायुमण्डलीय चापकाबीच पनि आफ्नो कार्यक्षमता प्रदर्शन गरेको छ ।
यो उपलब्धिले कठिन भौगोलिक अवस्थामा वैज्ञानिक अनुसन्धान र सामान ढुवानीका लागि ड्रोन प्रविधिको प्रयोगमा नयाँ सम्भावनाको ढोका खोलेको कम्पनीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया