Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी सभापतिलाई सम्बोधन गरी पत्र लेखेर राजीनामा बुझाएका हुन् । उनी ०७८ फागुन ९ गते तरुण दलको अध्यक्ष मनोनित भएका थिए ।

आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै यो बीचमा राजनीतिक घटनाक्रमका कारण तरुण दलको अधिवेशन गराउन नसकेको पनि बताएका छन् ।

गुरुङले तरुण दललाई दलको मूल मर्म र भावना अनुरुप अझ संगठित, शसक्त र पार्टीप्रति क्रियाशील बनाउन पार्टीले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै सहयोग गर्ने पनि बताएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट