Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम ३ अर्ब २८ करोड


काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

शुक्रबार नेप्से परिसूचक २७.४९ अंक बढेर २७४५.६५ विन्दुमा पुगेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बिहीबार २ अर्ब ९३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ५३ हजार १४ पटकको कारोबारमा ३ अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँबराबरको ७४ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १।८७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस दिन स्थिर रहेको छ।

कारोबार रकमका आधारमा यस दिन होटल फरेष्ट इन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड ८६ लाख ९४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ।

यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल फरेष्ट इण्डको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट