Techie IT
KTM Post
बुधबार, ३० वैशाख, २०८३

रास्वपाले बनायो रविको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति गठन गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान बसेको केन्द्रीय समिति बैठकले लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको हो ।

रास्वपाले पार्टी स्थापनाको चौथो वर्ष पुगेको अवसरमा आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ । मूल आयोजक समितिमा हाललाई केन्द्रीय समितिमा रहने जनाइएको छ ।

रास्वपाले समिति गठन नभएका वडाको भेला जेठ २ गते बोलाएको छ । बैशाख २० गते अघि वडा समिति गठन भइसकेका स्थानको वडा अधिवेशनको मिति जेठ ३ गतेका लागि तोकिएको छ ।

तदर्थ समिति गठन नभएका पालिकाहरुको भेला जेठ ९ गतेका लागि समय निर्धारण गरिएको छ । बैशाख २५ गते अघि पालिका समिति गठन भइसकेका स्थानको अधिवेशनको समय जेठ १० गतेका लागि तोकिएको छ ।

जेठ ३ गतेसम्म वडा समिति बनेका स्थानको अधिवेशन जेठ १६ गतेका लागि तोकिएको छ । जेठ १० गतेअघि पालिका समिति बनेकाहरुको हकमा पालिका अधिवेशन जेठ १७ को लागि तोकिएको छ । जेठ २३ र २४ गते जिल्ला अधिवेशन हुने निर्णय यसअघि सचिवालय बैठकले गरेको थियो ।

यस्तै, महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरेको छ । उपसमितिको संयोजक तोकिएको छैन ।बैठकले विभिन्न उपसमिति गठन गरेको छ । प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, प्रचार प्रसार व्यवस्थापन समिति, सूचना तथा प्रविधि व्यवस्थापन समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समिति, सांस्कृतिक कार्यक्रम समिति र अतिथि सत्कार समिति गठन गरेको छ ।

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट