Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

उपसभामुख ठाकुरको घोषणा–दाइजो लेनदेन हुने विवाहमा सहभागी हुन्न


काठमाडौं । उपसभामुख रुबिना ठाकुरले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने बताएकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई विवाहका धेरै निमन्त्रणापत्र प्राप्त भइरहेको र तीमध्ये कुनै पनि कार्डमा ‘दहेजमुक्त विवाह’ भन्ने उल्लेख भएको देख्न नपाइएको बताएकी छन् । उनले भनेकी छन्, ‘यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ।’

उनले दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानूनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी छन् ।

उनले यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने बताउँदै समाज परिवर्तनका कुरा गर्दा, देश विकासको सपना देख्दा र सामाजिक कुरीतिविरुद्ध उभिँदा परिवर्तनको सुरुवात आफैँबाट गर्नु पर्ने बताइन् ।

उनले दाइजो लेनदेन भएको विवाहमा सहभागी नहुने र दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरिनु पर्ने बताएकी छन् ।

‘दाइजो लिनु र दिनुमात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो,’ उपसभामुख ठाकुरले लेखेकी छन्, ‘यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ ।’

समाज परिवर्तन, देश विकास र सामाजिक कुरीतिविरुद्ध उभिन चाहनेले परिवर्तनको सुरुवात आफैंबाट गर्नुर्नेमा उनले जोड दिएकी छन् । आफूले विवाहका निमन्त्रणा पत्रहरू प्राप्त गरिरहेको र तीमध्ये कुनै पनि कार्डमा ‘दहेजमुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख गरेको देख्न नपाइएको उनले उल्लेख गरेकी छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट