Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित


काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरिएको हो । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ९पहिलो संशोधन० विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रधानमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रमदेखि निरन्तर संसद्मा प्रधानमन्त्रीको खोजी भइराखेको स्मरण गरे । आफूहरूले प्रधानमन्त्री खोज्दा उपस्थित नभइरहेका बेला सभामुखबाट समेत प्रत्येक महिना संसद्मा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भनेर प्रश्न उठाए ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा यस सम्बन्धी व्यवस्था छ । जेठ महिनाको पहिलो हप्ताको अन्तिम दिन बिहीबार नै भएको स्मरण गरे । सात दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेकिरहेका बेला प्रधानमन्त्रीले अगाडि बढाउने कार्यसूची पेस गर्न सभामा अर्को मन्त्रीलाई पठाएको भनेर विपक्षीले प्रश्न उठाएका हुन् ।

तर, सभामुखले सत्तापक्षबाटै विपक्षीको प्रश्नको जवाफ दिन समय दिए । रास्वपाका सांसद अशोक कुमार चौधरीले प्रधानमन्त्रीलाई अर्को मन्त्रीलाई कार्यसूची अगाडि बढाउने अधिकार रहेको स्मरण गराए ।

त्यसपछि सभामा सत्तापक्ष र प्रतिपक्षबीच सवालजवाफ हुन थाल्यो । सभामुखले १५ मिनेटका लागि सभा नै स्थगित गरे ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट