Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

मीनबहादुरले दानमा दिएको जग्गा एमालेले फिर्ता गर्ने


काठमाडौं । एमालेले व्यवसायी मीनबहादुर गुरूङले आफ्नो तर्फबाट अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको छ ।

सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने जनाइएको छ ।

गुरुङले दानमा दिने भनेको भवनको शिल्यान्यास ०८१ असोजमा ओली र गुरुङ दम्पतीले गरेका थिए । तर उक्त भवन निर्माण भएको थिएन ।

सचिवालय बैठकले अब बल्खुमै केन्द्रीय कार्यालय बनाउने प्रस्ताव अगाडि बढाएको छ । मदन–आश्रित दिवसको अवसर पारेर महासचिव शंकर पोखरेलले बल्खुमै कार्यालय बन्ने घोषणा गरिसकेका छन् ।

व्यावसायी गुरुङबाट दानमा जग्गा लिएर उनकै सौजन्यमा भवन पनि बनाउने निर्णयले एमालेमा ठूलो विवाद निम्त्याएको थियो । यही विषयलाई लिएर प्रश्न उठाउने नेताहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि एमालेले अनुशासनको कारबाही गरेको थियो ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट