नाङ्गो प्रचारले ढाकिँदैन राजनीतिक असफलता
एक समय थियो, नेताको नाम सुन्नासाथ गर्व लाग्थ्यो । नाराले आकाश गुञ्जिन्थ्याे, पोस्टरले शहर ढाकिन्थ्यो र कार्यकर्तामा उत्साह देखिन्थ्यो । तर अहिले अवस्था बदलिएको छ । जनतामा, सामाजिक सञ्जालमा जताततै एक समय शक्तिशाली मानिएका पुस्पकमल दाहाल र केपी शर्मा ओली जस्ता नेताहरूको प्रभाव कमजोर बन्दै गएको देखिन्छ । जनताका वास्तविक समस्याबाट टाढा जाँदा उनीहरूको राजनीति भाषण र प्रचारमा सीमित हुन थालेको छ ।
अहिले विचार होइन, प्रदर्शनको राजनीति भइरहेको छ । पार्टी र नेताकाे पछि लागेर जीविकाेपार्जन गरिरहेका, आर्थिक लाभ लिइरहेका केही युवाहरूलाई नेताको फोटो नांगो शरीरमा टाँसेर सामाजिक सञ्जालमा प्रचार गराइँदैछ । यो स्वतः भएको समर्थन होइन, योजनाबद्ध प्रचार हो ।
विचारको कमजोरी लुकाउन, असफलता छाेप्न शरीरको प्रदर्शन प्रयोग गरिएको हो ।
देशमा बेरोजगारी, महँगी, भ्रष्टाचार र निराशा जसका कारण देशमा बढ्याे, तिनलाई विषयान्तर गर्न हिजाे सत्तासँग जोडिएका केही मानिसहरू नेताको छवि जोगाउन सक्रिय छन् । कसैले पहुँच बचाउन, कसैले ठेक्का जोगाउन, कसैले आफ्नो स्वार्थ टिकाउन सामाजिक सञ्जालमा ‘ट्रोल सेना’ बनेर काम गरिरहेका छन् ।
तर अब जनता धेरै सचेत भइसकेका छन् । फेसबुक, टिकटकलगायतका स्टन्टले राजनीतिक असफलता लुकाउन सकिँदैन । इतिहासले बारम्बार देखाएको छ, जब राजनीति विचारभन्दा प्रायोजित प्रचारमा टिक्न खोज्छ, पतन सुरु भइसकेको हुन्छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया